एजेन्सी । इटालियन सिरी ए फुटबलमा उपाधिको दाबेदार टोली युभेन्टस घरेलु मैदानमै स्तब्ध भएको छ । शनिबार राति युभेन्टसको घरेलु मैदान टुरिनमा भएको खेलमा पाहुना टोली इम्पोलीसँग १–० गोलले पराजित भएको हो ।
खेलको २१औ मिनेटमा इम्पोलीका लागि लियोनार्दो मान्सुकोले गोल गरे । उक्त गोल नै जितको लागि पर्यात्त रह्यो । १–० गोलले पछि परेको घरेलु टोली दोस्रो हाफमा गोलको लागि निकै प्रयास गरेता पनि गोल र्फकाउन भने सकेन ।
सुपरस्टार क्रिस्टियानो रोनाल्डोविना पहिलो पटक मैदान उत्रिएको युभेन्टस कमजोर मानिएको इम्पोलीसँग हार ब्यहोरेको हो । सिरी ए को नयाँ प्रवेशी क्लब इम्पोलीले ३६ पटकको च्याम्पियन क्लबलाई निराश बनाएको हो ।
उक्त हार सँगै यु्भेन्टस दोस्रो खेलमा पराजित हुन पुगेको छ । यस अघि पहिलो खेलमा युभेन्टस उडिनिससंग २–२ गोलको बराबरीमा रोकिएको थियो । उसको २ खेलबाट १ अंक रहेको छ । युभेन्ट्सले गत सिजन चौथो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । यता विजयी टोली इम्पोलीको भने २ खेलमा पहिलो जित निकाल्दै १०औं स्थानमा उक्लिएको छ ।
।


