आइतबार, भाद्र २८ गते २०८३
images

यू-१७ राष्ट्रिय टोलीको घोषणा

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 372
    SHARES
  • यू-१७ राष्ट्रिय टोलीको घोषणा

    भदौ १२ काठमाडौं । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यू-१७ राष्ट्रिय टोलीको घोषणा गरेका छन् । श्रेष्ठले आइतबार २४ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

    images

    श्रीलंकामा आयोजना हुने साफ यू-१७ पुरुष टोली च्याम्पियनसिप र ​​२०२३ एएफसी यू-१७ एसियन कप छनोटमा भाग लिनेछ ।

    साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।

    images

    साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ  । नेपालको समूहमा भारत र भुटान रहेको छ ।

    नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

    अन्तिम टोली:
    गोलकिपरः कृषाल मोक्तान, समीर चन्द, रुबिन बोगटी

    डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा

    मिडफिल्डरः प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट, लच्छु थापा

    फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई, सुवास बम