आइतबार, भाद्र २८ गते २०८३
images

रेफ्रीद्वय ब्याञ्जनकर र मल्लले श्रीलंकामा हुने साफ यू-१७ खेलाउने

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 222
    SHARES
  • रेफ्रीद्वय ब्याञ्जनकर र मल्लले श्रीलंकामा हुने साफ यू-१७ खेलाउने

    भदौ १४ काठमाडौं । फिफा रेफ्री कविन ब्याञ्जनकर र फिफा सहायक रेफ्री युनाल मल्लले श्रीलंकामा हुने आगामी सेप्टेम्बर ५ देखि हुने साफ यू-१७ च्याम्पियनसिपको खेलहरु खेलाउने भएका छन् ।

    images

    सेप्टेम्बर ५ देखि १४ सम्म हुने प्रतियोगितामा दुई रेफ्रीको सहभागिता साफले पहिले नै पुष्टि गरिसकेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

    प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।

    images

    समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।