आइतबार, भाद्र २८ गते २०८३
images

नेपालको टी२० वरीयता १६ औं स्थानमा

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 229
    SHARES
  • नेपालको टी२० वरीयता १६ औं स्थानमा

    भदौ १५ काठमाडौं । नेपाल राष्ट्रिय पुरुष क्रिकेट टालीको टी२० अन्तर्राष्ट्रिय  वरीयता एक स्थान तल झरेको छ ।

    images

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको नयाँ वरीयता अनुसार नेपालको नयाँ वरीयता नेपाल १६ औं स्थानमा झरेको हो ।

    अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी२० विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।

    images

    सन् २०२४ को टी२० विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् ।mएकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ।