सोमबार, कार्तिक १७ गते २०८३
images
images

‘एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’

एक्सप्रेस पाना
भाद्र १६, २०७९ बिहीबार
  • 341
    SHARES
  • ‘एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’

    भदौ १६ काठमाडौं । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । 

    images

    एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो । नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका
    साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो ।

    No description available.

    images

    ऊक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य
    मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो । ऊक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परिक्षणहरू समावेश रहेका छन् ।

    अवार्डका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “ नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डका साथ यसले दिने लाभसँग आम उपभोक्तालाई जोड्ने गर्ने हाम्रो निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’

  • सम्बन्धित विषय:

  • # Ncell