भदौ १९ काठमाडौं । यहीँ २२ गते हुने नेपाल भलिबल संघको अध्यक्ष पदमा जितेन्द्र बहादुर चन्दले अध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरेका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो उमेदवारी घोषणा गरेका हुन् ।
विगत १० बर्ष देखि महासचिव पदमा रहेर नेपाल भलिबल संघलाई यहाँ सम्म ल्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको कुरा उल्लेख गर्दै अब अध्यक्ष पदमा रहेर भलिबललाई अझै माथिल्लो उचाइ पुर्याउने बताउँदै आफ्नो उमेदवारी घोषणा गरेका हुन् ।


