भदौ १९ काठमाडौं । नेपाल भलिबल संघको आगामी नवौ चुनावी साधारण सभामा अध्यक्ष पदका लागि वर्तमान संघका महासचिव जितेन्द्र बहादुर चन्दले आफ्नो उमेदवारी घोषणा गरेका छ ।
आइतबार राजधानिमा पत्रकार सम्मेलन गरि आफ्नो उमेदवारी घोषणा गरेका हुन् । घोषणा सभालाई सम्बोधन गर्दै उनले भने ''आदरणिय सम्पूर्ण भलिबल प्रेमी, खेलप्रेमी मेरा सहकर्मी साथीहरु एवं पत्रकार मित्रहरु, यही २२ गते काठमाडौं सम्पन्न हुन गईरहेको नेपाल भलिबल संघको नवौ चुनावी अधिवेशनमा मेरो अध्यक्ष पदमा मेरो उमेदवारी रहेको छ ।''
''मैले जीवनको तीन दशक अब्बल खेलाडी र कुशल व्यवस्थापकको भूमिकामा रही नेपालको राष्ट्रिय खेल भलिबललाई यहाँ सम्म ल्याई पुर्याउन विगत १० वर्ष देखि नेपाल भलिबल संघको महासचिव जस्तो पदमा रही काम गर्ने अवसर प्राप्त गरे, अब बालेन शौलिमा काम गर्ने छु ।''
''यो विचमा नेपालले प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरुलाई परिणाममा बदल्न भलिबल संघमा रही नेतृत्वको अभिभावकत्व एवं निर्देशनमा सिंगो भलिबल संघलाई व्यवस्थित गर्दै जुन उपलब्धि हासिल गरेका छौ त्यसको एक महत्वपूर्ण भूमिकामा रहेको अशियारको मूल्याकन गरी सहकर्मी साथीहरु एवं भलिबल खेललाई अत्यन्तै नजिक बाट सहयोग सदभाव राख्ने आम भलिवल प्रेमीहरुले विगतमा प्राप्त गरेका उपलब्धिहरुको जगेर्ना गर्दै नेपालको राष्ट्रिय खेल भलिबलको इज्जत र प्रतिष्ठा जोगाउँदै लाने कुरा अवगत गराउँछु ।''
''स्थानिय तह जिल्ला प्रदेश हुँदै केन्द्रसम्म यो खेलका संरचनालाई व्यवस्थित गर्दै राष्ट्रलाई लिबल खेल मार्फत चलायमान गर्न, राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने गरि विधि र पद्धति अनुरूप भलिवल खेललाई थप उचाइमा लैजान सबै साथीहरुले मलाई नेपाल भलिबल संघको नेतृत्वमा वस्न सुकाव र सल्लाह दिए सरी मैले नेपाल भलिवल संघको अध्यक्ष पदका लागि उमेदवारी दिने घोषणा गरेको छु ।''

''मैले १५ वर्षसम्म अनुशासित र मर्यादित खेलाडीको रूपमा आफ्नो खेल कला कौशल मैदानमा प्रस्तुत गर्दै अब्बल खेलाडीको रुपमा राष्ट्रको लागि खर्चेको आफ्नो महत्त्वपूर्ण समय खेल अध्ययनलाई सङ्ग संगै लगेर स्वदेश तथा विदेशमा अध्ययन गरी आफ्नो पढाइलाई पूर्णता दिएको र कलेज सञ्चालकको मुख्य भूमिकामा रही व्यवस्थापकीय हिसाबले निपूर्ण भएकै बेला विगत ११ वर्ष देखि नेपाल भलिबल संघकी महासचिव पदमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेको काम को अनुभवलाई म आफ्नो क्षमता, दक्षता र बुद्धि विवेकले भ्याए सम्म मेरो सम्पूर्ण टिमको सहयोग र सहकार्यमा नेपाली भलिबल खेललाई माया गर्ने विभिन्न संघ संस्था व्यक्ति हरुको सहयोग, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, स्थानीय सरकारहरू तथा विश्व भलिबल महासंघ, एसियन भलिवल कन्फीडेरेसन, सेन्ट्रल एसियन भलिबल एसोसियसन को मातहतमा रहेका सबै निकायहरु संग समन्वय गर्दै सबैको सहयोग बाट नेपालको राष्ट्रिय खेल भलिबललाई माथिल्लो उचाइमा पुर्याउन चाहन्छु । ''
यस्ता छन् चन्दका प्रतिबद्धता
१. स्थानिय तह जिल्ला प्रदेश देखि केन्द्र सम्म रहेका संघहरुलाई व्यवस्थित गर्दै आ आफ्नो काम कर्तव्य प्रति इमान्दारी पूर्वक भलिबल खेलको विकासमा लाग्न अभिप्रेरित गर्ने ।
२. सबै प्रदेशहरू संग समन्वय गरी प्रदेशमा भएका प्रतिभावान खेलाडीहरूको छनौट गरी निरन्तर प्रशिक्षणको व्यवस्थापन गर्न सबै संस्थाहरु सग पहल गर्ने ।
३. नेपाल भलिबल संघ र संघसंग आवद्ध सबै निकाय सङ्ग छलफल गरी वार्षिक क्यालेण्डर प्रकाशित गर्ने र गर्ने ।
४. नेपालसंग रेफ्री खेलाडी तथा प्रशिक्षक सङ्ग छलफल गरी राष्ट्रिय खेलको गरिमा र रहने गरी काम गर्न प्रोत्साहित गर्दै सबैलाई व्यवस्थित गर्ने ।
५. मोफसलमा हुने आन्तरिक प्रतियोगिताहरुलाई नेपाल भलि संघ, प्रदेश मलिबल संघ वा जिल्ला कृत लिएर मात्र कार्यक्रम गर्ने गराउने वातावरण मिलाउने र स्तर अनुसार मापदण्ड तयार गरेर मात्र सञ्चालन गर्ने नीति तर्जुमा गर्नेछु ।
६. देश भरीबाट उमेर समूहका महिला र पुरुष खेलाडीहरू तथा सिनियर खेलाडीहरूलाई नियमित प्रशिक्षण गराउदै बढी भन्दा बढी अन्तराष्ट्रिय सहभागिता जोड दिनेछु । साथै सबै प्रदेशमा कम्तीमा पनि एक एक वटा भलिबल प्रशिक्षण केन्द्र को निर्माण गर्न स्थानीय सरकार, प्रदेश सरकार संग प्रदेश भलिबल संघको सक्रियतामा पहलकदमी गर्ने र नेपालको राष्ट्रिय खेल लाई विशेष प्राथमिकतामा राख्दै बजेट को व्यवस्थापन का लागि पहल गर्ने ।
७. नेपालको राष्ट्रिय खेल भलिबलको केन्द्रमा अन्तराष्ट्रिय मापदण्डको कभर्डहलका लागि सम्बन्धित निकाय संग निर्माण गर्न पहल गर्ने र मेरो कार्यकालमा जसरी भएपनि कभर्डहल बनाउनेमा जोड दिनेछु । उक्त मेगा प्रोजेक्ट सम्पन्न गर्न FIVB लगाएत विभिन्न अन्तराष्ट्रिय दातृ निकायहरु संग सहकार्य गरी ५ वर्ष भित्र कभर्डहल निर्माण गर्ने छु । स्वदेशमा वा विदेशमा रहेका आम भलिबल खेल प्रेमी हरुसंग समन्वय र सहकार्य गर्दै राष्ट्रिय खेलको विकास र विस्तारका लागि सहयोग गर्ने वातावरण मिलाउनेछु
८. खेलाडीहरू लाई आर्थिक रूपमा सक्षम बनाउनुका निम्ति खेल बाटै आयआर्जन हुने गरी प्रतियोगिता हरु आयोजना गर्न गराउन पहल गर्ने छ । राष्ट्रिय क्लब च्याम्पियनशिप, लिंग र फेञ्चाइज भलिबल का प्रतियोगिता हरु लाई बृहत रुप मा व्यवस्थापन गर्नेछु । साथै यी प्रतियोगिता का पुरस्कार को धन राशी बढाउदै लैजाने र क्लब हरु लाइ आत्मनिर्भर बनाउने प्रयास गर्नेछु । प्रत्येक वर्ष आयोजना हुनु पर्ने नियमित राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता विभिन्न जिल्ला र प्रदेश संग सहकार्य गरि अनिवार्य रुप मा संचालन गर्ने छु । त्यस्तै बिच भलिवल कमिसनलाइ सकृय गराई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अन्तरिक रुपमा प्रतियोगिता व्यवस्थापन गरि अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित सहभागी गराउने छु ।
९. विद्यालय भलिबल कमिसन लाइ सक्रिय गराई उमेर समूहका प्रतियोगिता आयोजना गराई कम्तिमा वर्षमा १ महिला १ पुरुष राष्ट्रिय टिम तयार पारि अन्तराष्ट्रिय उमेर समूहमा सहभागी गराउने छु । रेफ्री कमिसन लाइ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थित गरि रेफ्री हरुको संख्यात्मक भन्दा गुणात्मक संख्या तर्फ ध्यान दिने र कम्तिमा १ जना अन्तर्राष्ट्रिय रेफ्री र ४ जना एसियन रेफ्री क्यानडडेट थप उत्पादन गर्ने छु । त्यस्तै प्रशिक्षक, खेलाडी र रेफ्रीहरुलाई समय सापेक्ष वैदेशिक प्रशिक्षणमा मा पठाउने छु ।
१०. वर्ष भरि उत्कृष्ट कार्य गर्ने जिल्ला भलिबल संघ, प्रदेश भलिबल संघ, खेलाडी, रेफ्री एवं प्रशिक्षकहरु लाई पुरस्कृत गर्ने गरी कार्यक्रम गर्ने । भलिबल खेलमा आफ्नो महत्वपुर्ण समय योगदान पुर्यायाका खेलाडीहरुको खेल जिबन पश्चात पनि उहाहरुको वृद्दि विकासको लागि सरकारी तथा गैर सरकारी संस्थाहरु संग पहल गरिने ।
११. FIVB,AVC,CAVA विभिन्न राष्ट्रका सिंह सवारी सामग्री, प्रशिक्षक तालिम, सेमिनार, खेलाडीको विशेष प्रशिक्षण रेफी तालिम लगायत स्तर उन्नती गर्ने खालका हरेक कुराका लागि सम्बन्धित निकाय संग पहल गर्ने नेपाल को राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हरु को क्यालेन्डर हेरी टिम तयार गरि सहभागी गराउने । मेरो कार्यकाल मा कम्तिमा ६ वटा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता हरु नेपालमा आयोजना गर्ने । त्यस्तै कम्तिमा एक CAVA की वार्षिक साधारण सभा आयोजना गर्ने प्रयत्न गर्ने NOC सोलिडारिटी कोचेज कोर्ष जस्तै लेभल १ लेभल २ र लेभल ३ जस्ता योग्य प्रशिक्षक उत्पादन गर्ने अन्तर्राष्ट्रिय कोर्षहरु संचालन गर्ने यो वर्ष दक्षिण एसियामा दक्षिण एसियाली महिला भलिबल च्याम्पियनशिप नेपालमा आयोजना गरी दक्षिण एसियामा महिला तथा पुरुष भलिबलको अवधारणा थालनी गर्ने ।
१२. सरकारी तथा गैर सरकारी निकाय संग सुमधुर सम्बन्ध विस्तार गर्दै सहयोग को लागि आग्रह गरी भलिबल खेल लाई थप उचाइमा लैजान हरसम्भव प्रयासरत रहने भलिबल खेलमा आफ्नो पूरा जीवन समर्पण गर्ने पूर्व खेलाडीहरू भलिवल खेललाई आर्थिक र भौतिक रुपमा सहयोग गर्ने दाता हरु, वर्तमानमा खेलिरहेका तथा खेल जीवनबाट सन्यास लिने सबै विभिन्न तवरबाट भलिवल खेललाई योगदान गर्ने सबै लाई उचित सम्मान गरिनेछ ।
१३. विगत देखि हाल सम्म भलिबल खेलमा उपलब्ध गरेका सफलता हरुको दस्तावेज संघमा चुस्त दुरुस्त तवर ले राखिने छ र उक्त सफलता ल्याउन लागि पर्ने खेलाडी प्रशिक्षक एवं व्यवस्थापन गर्नेहरूको दस्तावेज संघमा राखिने छ । विभिन्न बेला बखतमा सम्झिन योग्य बनाइने छ । प्रतियोगिता सम्पन्न भइसके पछाडी संघले पत्रकार सम्मेलन गरि आय व्यय विवरण प्रस्तुत गर्ने सुरुवात गर्ने छ । भलिवल संघको कार्यालय लाइ थप व्यवस्थित गरिने ।
१४. विगतमा भलिबल संघमा बसेर भलिबल खेलको विकासका लागि कार्य गर्ने पूर्व खेलाडीहरू सहयोगी दाताहरुको, खेलकुद विकास गर्ने सम्बन्धित निकायहरु सँग छलफल र संवाद गरी वहाँहरुका सकारात्मक कुराहरूलाई आत्मसाथ गरी अगाडि बढिने छ । अन्तर्राष्ट्रिय भलिवल क्षेत्र मा देश को लागि मेडल प्राप्त गर्ने खेलाडी र प्रशिक्षक हरुको लागि नेपाल सरकार संग उचित पुरस्कार र खेल पश्चात सन्यास लीई सकेपछी रोजगार को लागि पहल गरिने छ । राष्ट्रिय खेलको रुपमा राष्ट्रको इज्जत र प्रतिष्ठा लाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भलिबल खेलको माध्यमबाट पहिचान दिलाउन भूमिका खेल्ने ।


