शुक्रबार, भाद्र २६ गते २०८३
images

पिएसजीबाट आज मेस्सीले डेब्यु गर्ने

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 238
    SHARES
  • पिएसजीबाट आज मेस्सीले डेब्यु गर्ने

    काठमाडौं, १३ भदौ ।अर्जेन्टिनी स्टार लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पिएसजी०बाट आज डेब्यु गर्ने भएका छन् । 

    images

    आइतबार राती घरेलु मैदानमा हुने खेलमा मेस्सीले राइम्सविरुद्ध डेब्यु गर्ने भएका हुन् । खेल अघि पीएसजीले सार्वजनिक गरेको अन्तिम २२ खेलाडीको नाममा मेस्सी समेटिएका हुन् । खेल नेपाली समयअनुसार आइतबार मध्यराति साढे १२ बजे सुरु हुनेछ । 

    मेस्सीसँगै नेयमार र केलियन एम्बाप्पेसमेत लिष्टमा छन् । तिनै खेलाडीले पीएसजीको अट्याकिङ लाइन समाल्ने अनुमान गरिएको छ ।  अर्का स्ट्राइकर इकार्डीले चोट बोकेपछि मेस्सी राइम्सविरुद्ध देखिने भएका हुन् । 

    images

    तर, अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएपछि मैदान नउत्रिएका मेस्सी सुरुवाती ११ मै खेल्नेमा भने शंका रहेको छ ।  पूर्णरुपमा फिट नभएकाले मेस्सी दोस्रो हाफमा डेब्यु गर्न सक्छन् ।

    उनी सुरुवाती ११ मै खेलेर पनि मैदान छाड्न सक्छन् । मेस्सीले अन्तिमपटक कोपा उपाधि जित्दा ११ जुलाईमा खेलेका थिए । ‘उनी धेरै खेल्न पे्ररित छन्’, पीएसजी बोस माउरिको पोचेटिनोले भने । 

    यसअघि तीन खेल खेलिसकेको पीएसजी तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलको पीएसजीसँग ३ खेलबाट ९ अंक रहेको छ । न्युज कारखाना