शुक्रबार, भाद्र २६ गते २०८३
images

ला लिगा : बार्सिलोना र गेटाफे भिड्दै

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 337
    SHARES
  • ला लिगा : बार्सिलोना र गेटाफे भिड्दै

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधिको दाबेदार टोली बार्सिलोनाले नयाँ सिजन २०२१र२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा गेटाफेको सामना गर्दैछ ।

    images

    नेपाली समयअनुसार यी दुई टोलीबीचको खेल आज राति ८:४५ बजेबाट सुरु हुनेछ । आफ्नै मैदान क्याप नोउमा हुने उक्त खेलमा बार्सिलोना दोस्रो जितको खोजीमा हुनेछ । यसअघि उसले एक खेलमा बराबरी र एक खेलमा जित निकालेको थियो । बार्सिलोना चार अंकका साथ आठौं स्थानमा छ । 

    गेटाफेसँगको खेलका लागि केही खेलाडी टोलीमा फर्किएका छन् । त्यस्तै टोली भरपर्दो डिफेन्स जेरार्ड पिके चोटका कारण मैदानबाहिर रहँदा इरिक गार्सिया प्रतिबन्धका कारण गेटाफेविरुद्ध मैदान उत्रिने छैनन् । त्यसबाहेक पेड्री पनि टोलीमा छैन । 
     
    त्यस्तै टोलिमा मार्क–आन्द्रे टर स्टेगन र ओस्कार मिङ्गुएजा चोटमुक्त हुँदै टोलीमा फर्किएका छन् । यता सामुअल उम्टिटी, फिलिप कौटिन्हो र मिरालेम पियानिक पनि गेटाफेसँग खेल्ने टोलीमा परेका छन् ।

    images