शुक्रबार, भाद्र २६ गते २०८३
images

गेटाफेमाथि बार्सिलोना विजयी 

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 373
    SHARES
  • गेटाफेमाथि बार्सिलोना विजयी 

    भदौ १४ एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नयाँ सिजनको आफ्नो तेस्रो खेलमा घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले गेटाफेविरुद्ध २(१ को जित दर्ता गरेको छ ।

    images

    घरेलु टोली बार्सिलोनाको जितमा फरवार्ड मेम्पिस डिपे र सर्जियो रोबर्टोले समान १(१ गोल गरेका थिए भने गेटाफेको तर्फबाट सान्ड्रो रामिरेजले गोल गरेका थिए । 

    खेलको दोस्रो मिनेटमा नै गोल गर्दै बार्सिलोनालाई रोबर्टोले अग्रता दिलाए पनि १९औं मिनेटमा रामिरेजको गोलको मद्दतमा गेटाफे खेलमा फर्किएको थियो । तर गेटाफेको खुशियाली १८ मिनेटभन्दा धेरै टिक्न सकेन । डिपेले आठ यार्डभित्रबाट सुन्दर गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाएका थिए ।

    images

    फ्रान्सेली क्लब लियोनबाट फ्रि टान्सफरमा यसै सिजन बार्सिलोना आएका डिपेले ला लिगामा तीन खेल खेल्दै दुई गोल र एक असिस्ट गरेका छन् । यस्तै, रोबर्टोले भने यस सिजन बार्सिलोनाका लागि तीन खेलमा दुई गोल गरेका छन् । 

    उक्त जितेसँगै बार्सिलोना ला लिगा अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान तीन खेल खेले पनि गोलअन्तरको आधारमा रियल मड्रिड पहिलो, सेभिल्ला दोस्रो र भ्यालेनिसा तेस्रा स्थानमा रहेको छ । बार्सिलोनासँग आज पराजित भएको गेटाफे भने शुन्य अंकका साथ तालिकाको १८औं स्थानमा छ