शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मेयर बालेन र उपमेयर सुनिताद्वारा महिला फुटबल टोलीलाई शुभकामना

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 356
    SHARES
  • मेयर बालेन र उपमेयर सुनिताद्वारा महिला फुटबल टोलीलाई शुभकामना

    भदौ २४ काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेका छन् ।

    images

    शुक्रबार इन्द्रजात्राका लागि अन्तरराष्ट्रिय प्रतिनिधिहरूसँग भेटघाट गर्न सोल्टी होटल जाँदा राष्ट्रिय टोलीलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिएका हुन् ।

    May be an image of 3 people, people standing and indoor

    images

    यहिँ २१ भदौदेखि सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गालको जित निकालेको थियो । नेपालले सोमबार श्रीलंकासँग खेल्ने तालिका छ ।

    समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यता, समूह ‘ए’ मा साविक तथा प्रतियोगिताको एकमात्र विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगिताको फाइनल खेल ३ असोजमा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ महिला च्याम्पियनसिप