भदौ १४ एजेन्सी । फ्रेन्च लिग वान फुटबल प्रतियोगितामा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी सम्मेलित पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेइम्सलाई घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थान कब्जा गरेको छ ।
चार खेलमा नै शतप्रतिशत जित निकाल्न सफल पिएसजी १२ अंकका साथ लिग वानको पहिलो स्थानमा पुग्न सफल भएको छ । पाहुना टोली पिएसजीको जितमा दुवै गोल फ्रान्सेली स्टार किलियन एमबाप्पेले गरेका थिए । पहिलो हाफको १५औं मिनेटमा पहिलो गोल गरेका उनले दोस्रो हाफको ६३औं दोस्रो गोल गर्दै पिएसजीको जित पक्का गरेका थिए ।
त्यस्तै बहुप्रतिक्षित मेस्सीको डेब्यू भएको खेलमा पिएसजीका प्रशिक्षक मोरिसियो पोचेटिनोले नेयमारलाई परिवर्तन गरेका थिए । पहिलो खेलमा खासै प्रभाव पार्न भने सकेनन् ।
पिएसजीसँग हार व्यहोर्नुपरेको रेइम्स तालिकाको १७औं स्थानमा झरेको छ । चार खेल खेलिसक्दा एक खेल पनि जित्न नसकेको रेइम्सको खातामा तीन अंक रहेको छ ।


