एजेन्सी । फ्रेन्च लिग वान फुटबल प्रतियोगितामा मोनाकोले पहिलो जित दर्ता गरेको छ ।
नयाँ सिजन २०२१ /२२ अन्तर्गत आइतबार साँझ सम्पन्न आफ्नो चौथो खेलमा मोनाकोले घरेलु टोली ट्रोयसमाथि २-१ गोलको जित निकालेको हो ।
पाहुना टोली मोनाकोको जितमा सोफियन डियोले दुबै गोल गरे भने यता घरेलु टोली ट्रोयसले एक गोल उपहार पाएको थियो । मोनाकोका रुबेन अगुइलरले आत्मघाती गोल गरेका थिए ।
खेलको ४०औं मिनेटमा पाहुना टोली मोनाकोका लागि सोफियनले गोल गरि पहिलोभरि १-० गोलको अग्रता दिलाए । पहिलो हाफमा १-० गोलले पछि परेको घरेलु टोलीले दोस्रो हाफको खेलको ५१औं मिनेटमा उपहार गोल पाउँदै खेल १-१ गोलको बराबरी अबस्थामा फर्किएको थियो ।
त्यस्तै खेलको ५८औं मिनेटमा पुनः सोफियनले गोल गरि मोनाकोको जित पक्का गरे । उक्त जितसँगै मोनाकोले ४ खेलबाट ४ अंक बजाउँदै १४औं स्थानमा उक्लिएको छ ।


