शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपालविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय टोली काठमाडौंमा (फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 396
    SHARES
  • नेपालविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय टोली काठमाडौंमा (फोटो फिचर)

    भदौ १४ काठमाडौं । नेपालविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ । नेपाल र भारतबीच भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ ।

    images

    टोलीका कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय बलियो टोलीको भारतीय फुटबल संघले बिहीबार घोषणा गरेको थियो । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।

    सन् २०१५ मा विश्व कप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । भारतमा भएको छनोटको पहिलो लेगमा भने नेपाल २–० ले पराजित भएको थियो ।

    images

    २५ सदस्यीय भारतीय टोली

    अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु, प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज, लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर, मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी

    तस्बिर -एन्फा240862929_2618193751660845_8497351788814332473_n.jpg240738925_2618194018327485_6482845677083378457_n (2).jpg240705461_2618194214994132_390475514826568882_n (1).jpg240858119_2618193884994165_1107059496834825825_n (1).jpg240786814_2618194128327474_5823279432656064897_n (1).jpg240912307_2618194034994150_26688242092731516_n (1).jpg240821563_2618194544994099_1675304334968476457_n (1).jpg