काठमाडौं । गजलकार प्रदीप रोदनको गजलसंग्रह ‘मफलर’को लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रममा ‘मफलर’ को लोकार्पण गरिएको हो। कार्यक्रममा आख्यानकार अमर न्यौपानेले मफलरमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा प्रदीप रोदनले गजल वाचनसमेत गरेका थिए । नेपाली गजल साहित्यका चर्चित स्रष्टा रोदनको ‘मफलर’ पहिलो गजलकृति हो ।
गोरखाको पालुङटार घर भएका रोदनले २०७० सालदेखि गजल लेखन यात्रा सुरु गरेका हुन् । उनका गजलहरू पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित छन् । फाइनप्रिन्टले प्रकाशन गरेको गजलसंग्रहको मूल्य ७ सय ५० रहेको छ ।


