शुक्रबार, भाद्र २६ गते २०८३
images

‘प्रेमगीत ३’ को हिन्दी भर्सन लिक

एक्सप्रेस पाना
आश्विन ९, २०७९ आइतबार
  • 286
    SHARES
  • ‘प्रेमगीत ३’ को हिन्दी भर्सन लिक

    नेपाल र भारतसहित विभिन्न मुलुकमा शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगीत ३ को हिन्दी संस्करण लिक भएको छ।

    images

    उक्त चलचित्रको हिन्दी संस्करण नेपालमा रिलिज नहुँदै लिक भएको हो।

    हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको छ। यद्यपि नेपालमा प्रदर्शन हुनुपूर्व नै प्रेम गीत ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो। 

    images

    नेपाली फिल्मको इतिहासमा पहिलो पटक हिन्दीमा डब गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। 

    हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको छ।