शुक्रबार, भाद्र २६ गते २०८३
images

रोनाल्डो गरे युनाइटेडसँग दुई बर्षको सम्झौता

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 383
    SHARES
  • रोनाल्डो गरे युनाइटेडसँग दुई बर्षको सम्झौता

    भदौ १५ काठमाडौं । आधुनिक फुटबलका महान हस्ती एवम् पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । युनाइटेडले मंगलबार आफ्नो पूर्व फरवार्ड रोनाल्डोलाई इटालीय सिरी ए क्लब युभेन्टसबाट अनुबन्ध गरेको जनाएको छ ।

    images

    उमेरले ३६ वर्ष पुगेका रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । त्यसबाहेक उनी इच्छानुरुप थप एक सिजनको सम्झौता थप्न सक्न प्रावधान रहेको बताइएको छ । त्यस्तै रोनाल्डोले सम्झौता पत्रमा हस्ताक्षर गर्दै उनले भने म्यान्चेस्टर युनाइटेड एक क्लब हो जुन मेरो हृदयमा विशेष स्थान पाउछु । ओल्ड ट्राफोर्डमा खेल्नको लागि म प्रतिक्षा गर्न सक्दिन,म अन्तराष्ट्रिय खेलपछि टोलीसँग जोडिनेछु । मलाई आशा छ हाम्रो सिजन सफल हुनेछ ।

    ronaldo.jpg

    images

    यस अघि रोनाल्डोले सन् २००३ मा पोर्चुगिज क्लब स्पोटिङ सिपीबाट प्रिमियर लिग क्लब युनाइटेड आएका थिए । उनले युनाइटेडबाटै आफ्नो सिनियर खेल जिवनको सुरुवात गरेका थिए । रोनाल्डोले २००३ देखि २००९ सम्म युनाईटेडबाट खेलेका थिए । युनाइटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।

    पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए । रोनाल्डो २००९ मा स्पेनिस क्लब आएका थिए ।  रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । रोनाल्डोले रियलबाट ४३७ खेल खेल्दै ४४८ गोल र १३२ अस्सिट गरेका थिए । उनले ४ च्याम्पिन्स लिग , २ ला लिगा , ३ क्लब विश्वकप जस्ता थुप्रै उपाधि जितेका थिए । भने उने सिरी ए क्लब युभेन्टसबाट २ सिरी २ सुपर कोपा इटालीय र एक कोपा इटालीय जितेका थिए । साथै उनले युभेन्टसबाट कुल १३४ खेलमा १०१ गोल र २२ अस्सिट गरेका थिए ।