शुक्रबार, भाद्र २६ गते २०८३
images

बक्सिङ टोली स्वदेश फर्किए

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 280
    SHARES
  • बक्सिङ टोली स्वदेश फर्किए

    भदौ १५ काठमाडौ । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

    images

    ६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन् । २० देखि ३१ अगष्टसम्म दुबईमा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोलीले भाग लिएको थियो । ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ ।