शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाली र पीएनजीबीचको खेल यसरी हेर्न सकिन्छ,(लाइभ)

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 298
    SHARES
  • नेपाली र पीएनजीबीचको खेल यसरी हेर्न सकिन्छ,(लाइभ)

    भदौ १६ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टटोलीले ओमानमा हुने पपुवा न्युगिनी (पीएनजी)सँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारण (लाइभ) हुने भएको छ ।

    images

    मंगलबार नेपाल क्रिकेट संघ (क्यान) र डिस होमबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको क्यानले जनाएको छ ।

    क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार खरिद गरिसकेको डिस होमले अब नेपालले ओमानमा खेल्ने पीएनजीसँगका दुई खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

    images

    सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिस होमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरेका थिए । नेपालले पीएनजीसँग ५ र ८ सेप्टेम्बरमा खेल्नेछ । यस सिरिजका लागि नेपाली टिम केही दिन अगाडि ओमान पुगिसकेको छ भने पीएनजी पनि मंगलबार ओमान पुगेको छ ।

    पीएनजीसँग नेपालले खेल्ने दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय दिवा-रात्रि हुनेछ, जुन नेपालले खेल्न लागेको पहिलो दिवा-रात्रि एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो ।

    पीएनजीसँगको खेलपछि नेपाली टोलीले अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ ।