मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुपर्ला। स्वास्थ्यमा ध्यान दिनुहोला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। साेचेकाे काम पूरा नभए पनि आंशिक लाभ हुनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। नयाँ काममा अनुभवी अग्रजहरूको सहयोग लिँदा राम्रो हुनेछ। अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ जिम्मेवारी प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ र लेखन कलामा पनि निखारता आउनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यापार बढ्नेछ र नयाँ आयस्रोत फेला पर्नेछन्।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ। स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। तर आकस्मिक समस्याले खर्च बढाउने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आम्दानी भए पनि अरूका लागि खर्चनुपर्ने हुन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। काम बन्नाले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यबाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा सामान्य काममा अलमलिनुपर्ला। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।



