भदौ १६ काठमाडौं । त्रिदेशीय क्रिकेट श्रृङ्खलाको लागि ओमानमा गएको नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला प्रशिक्षणमा ब्यस्त रहेका छन् ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय र प्रशिक्षक सहित पाँच अफिसल गरि कुल २२ सदस्य टोली गत ८ गते सलाम एयरबाट ओमानतर्फ प्रस्थान गरेको थियो । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ ।
श्रृङ्खलाअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय खेल्नेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ।
प्रशिक्षणमा ब्यस्त रहेको नेपाली टोली
तस्बिर क्यान














