शुक्रबार, भाद्र २६ गते २०८३
images

शर्ट फिल्म “उच्च शिक्षा” को टिजर सार्वजनिक

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 300
    SHARES
  • शर्ट फिल्म “उच्च शिक्षा” को टिजर सार्वजनिक

    बिदेशमा गएर अध्ययन गर्न सक्नु राम्रो हो तर अहिलेको अवस्थामा प्रायः युवाहरुमा बिदेश गएर अध्ययन गर्नु सौख बढिरहेको छ । बिदेशमा गएर अध्ययन गर्नु पक्कै पनि सामान्य आर्थिक अवस्थाले असम्भब सरह नै हो जसले अभिभावक र छोराछोरी बिच तिक्त्तता उत्पन्न हुन सक्छ ।

    images

    यसै बिषयलाई लिएर मगन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको शर्ट फिल्म “उच्च शिक्षा, education for a commoner" को टिजर सार्वजनिक भएको छ । सामान्य परिवारको समसामयिक घटनाक्रमलाई आधार मानेर निर्माण भएको यस सर्ट फिल्मको लेखन तथा निर्देशन रजिन महर्जनले गरेका हुन् । 

    रामचन्द्र महर्जन र जमुना महर्जन निर्माता रहेको यस शर्ट फिल्म नेवारी र नेपाली दुबै भाषामा सार्वजनिक गरिनेछ । बिक्रम महर्जन सह निर्देशन र सन्जिव रत्न शाक्यको कलरकरेक्शनमा तयार भएको यस शर्ट फिल्ममा मुख्य पात्रको रुपमा लक्ष्मी कुमार महर्जनका साथै क्रिसल श्रेष्ठ, कृष्ण भक्त महर्जन, सुदिप भजु, सकिना बट, श्रयम महर्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ भने यसलाई उत्तम हुमागाईको टिमले छायांकन गरेका हुन ।

    images

    यस शर्ट फिल्मलाई मगन इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिनेछ ।
    हेर्नुहोस :