शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट  : पोर्चुगल, फ्रान्स, नेदरल्यान्ड्स र क्रोएसिया प्रतिस्पर्धामा

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 495
    SHARES
  • विश्वकप छनौट  : पोर्चुगल, फ्रान्स, नेदरल्यान्ड्स र क्रोएसिया प्रतिस्पर्धामा

    भदौ १६ काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको छनौट अन्तर्गत आजबाट युरोपियन छनौटतर्फ चौथो चरणको खेलहरु पुनः सुरु हुँदै छन् । 

    images

    आज साविक विजेता फ्रान्सका साथै पोर्चुगल, नेदरल्यान्ड्स, क्रोएसिया, डेनमार्कलगायत राष्ट्र प्रतिस्पर्धामा छन् । आज हुने खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनासँग आफ्नै मैदानमा प्रतिस्पर्धा गर्ने छ । समूह ‘डी’मा फ्रान्स ७ अङ्कसहित शीर्ष स्थानमा छ भने हर्जगाभिना १ अङ्कसहित चौथो स्थानमा छ । उक्त खेल नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । 

    यस्तै, समूह ‘ए’को पोर्चुगलले आयरल्यान्डसँग खेल्ने छ । उक्त खेल नेपाली समयअनुसार आज राति  १२ः३० बजेबाट पोर्चुगलको घरेलु मैदानमा हुनेछ । यस खेलमा घरेलु टोली तेस्रो जितको खोजीमा छ । हाल ३ खेलमा ७ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ । अङ्कविहीन आयरल्यान्ड चौथो स्थानमा छ । उसले २ खेल खेलेको छ । त्यस्तै अर्काे बलियो टोली नेदरल्यान्ड्सले नर्वेको सामना गर्नछ । यो खेल नर्वेको घरेलु मैदानमा हुनेछ । यता क्रोएसियाले रसियाको सामना गर्नछ । 

    images

    आज हुने अन्य खेलहरू नेपाली समयअनुसार 

    काजखस्तान भर्सेस युक्रेन (७ः४५) बजे


    लाटभिया भर्सेस गिब्रल्टार (१२ः३०) बजे

     

    नर्वे भर्सेस नेदरल्यान्ड्स (१२ः३०) बजे


    फारोइ इज्ल्यान्ड भर्सेस इज्रायल (१२ः३०) बजे


    माल्डोभा भर्सेस अस्ट्रिया (१२ः३०) बजे


    डेनमार्क भर्सेस स्कटल्यान्ड (१२ः३०) बजे


    रसिया भर्सेस क्रोएसिया (१२ः३०) बजे


    लक्जम्बर्ग भर्सेस अजरबैजान (१२ः३०) बजे


    टर्की भर्सेस मोन्टेनिग्रो (१२ः३०) बजे


    स्लोभेनिया भर्सेस स्लोभाकिया (१२ः३०) बजे


    माल्टा भर्सेस साइप्रस (१२ः३०) बजे