शुक्रबार, भाद्र २६ गते २०८३
images

अभिनेता विपिन कार्की मुम्बईमा

एक्सप्रेस पाना
कार्तिक १, २०७९ मंगलबार
  • 392
    SHARES
  • अभिनेता विपिन कार्की मुम्बईमा

    काठमाडौं । बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् ।

    images

    त्यसतर्फ प्रस्थान गर्नुअघि विपिनले २८ दिने छायांकन सेड्युल रहेको जानकारी दिए । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् ।

    ‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो । बलिउड डेब्युलाई लिएर आफू उत्साहित रहेको विपिनले बताए ।

    images

    ‘म आफ्नो तर्फबाट मेन्टल्ली रेडी छु । मेरो करिअरका लागि पनि यो महत्वपूर्ण हुनेवाला छ,’ विपिनले भने । ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा विपिन पनि खलपात्रमध्येकै एक चरित्रमा देखिंदैछन् ।