शुक्रबार, भाद्र २६ गते २०८३
images

निखिल उप्रेतीका छोरा अथर्व ‘नाईं नभन्नू ल ६’ बाट अभिनयमा डेब्यु गर्दै

एक्सप्रेस पाना
कार्तिक १, २०७९ मंगलबार
  • 265
    SHARES
  • निखिल उप्रेतीका छोरा अथर्व ‘नाईं नभन्नू ल ६’ बाट अभिनयमा डेब्यु गर्दै

    अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको छोरा अथर्व उप्रेती पनि फिल्ममा डेब्यू गर्ने भएका छन् ।

    images

    बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’ मा उनले बाल कलाकारका रूपमा अभिनय प्रवेश गर्न लागेका हुन् । फिल्ममा उनले नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिका निर्वाह गर्ने बताइन्छ । 

    विकासराज आचार्यको निर्देशन रहने फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं शृङ्खला हो । ‘नाईं नभन्नू ल’ को दोस्रो शृङ्खलादेखि अनुभव रेग्मी बाल कलाकारका रूपमा देखिँदै आएका थिए । तर, अहिले उनी बाल कलाकारको रूपमा नसुहाउने भएपछि नयाँ कलाकार खोज्ने क्रममा निखिल र सञ्चिताको छोरा लिएको निर्देशक आचार्यले बताए । फिल्ममा आँचल शर्माको पनि मुख्य भुमिका रहनेछ ।

    images