शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई अनुमति

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 382
    SHARES
  • नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई अनुमति

    भदौ १६ काठमाडौं । भोली बिहिवार र आगामी आइतवार हुने नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई प्रवेशमा अनुमति दिएको छ ।
    सरकारले एन्फालाई स्वास्थ्यको प्रोटोकल पालना गर्दै दर्शकसहितको खेल आयोजना गर्न अनुमति दिएको हो । 

    images

    सरकारले ५ हजार १ सय दर्शकलाई अनुमति दिएको एन्फाले जनाएको छ । त्यस्तै दर्शकले कोभिडको पूर्ण खोप लगाएको कार्ड वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको पत्र देखाउनु पर्नेछ । भने टिकट प्रभु पेबाट किन्न सकिनेछ । टिकट मूल्य साँझसम्म टुंगो लाग्ने एन्फाले जनाएको छ ।

    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। नेपाल र भारतबीचको दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ , यो खेल साँझ ५ः३० बजेबाट सुरु हुने एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

    images