शुक्रबार, भाद्र २६ गते २०८३
images

‘प्रसाद २ मा केकी अधिकारीको मुख्य भूमिका

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 490
    SHARES
  • ‘प्रसाद २ मा केकी अधिकारीको मुख्य भूमिका

    अन्तरजातीय विहे र यसको सामाजिक आयाममा आधारित फिल्म ‘प्रसाद–२’मा अभिनेत्री केकी अधिकारीको इन्ट्री भएको छ । छायाङ्कन अगाडि नै नम्रता श्रेष्ठले फिल्म छाडेपछि निर्माताले अर्की अभिनेत्री केकीलाई अनुबन्धित गरेका हुन् ।

    images

    योसँगै अब फिल्ममा केही उनी अभिनेता विपिन कार्कीको अपोजिटमा देखिने छन् । प्रमुख महिला पात्र कल्याणीको भूमिकामा केकी देखिने भएकी हुन् । सुदर्शन थापाले निर्देशन गर्ने ‘प्रसाद–२’मा नम्रता र निश्चल बस्नेत भने देखिने छैनन् ।

    अभिनेत्री केकीलाई अनुबन्ध गर्नुअघि निर्माताले ऋचा शर्मा र सुरक्षा पन्तलाई पनि प्रस्ताव गरेका थिए । यो फिल्ममा अर्पण थापा र राज कटुवालको पनि मुख्य भूमिका रहनेछ ।

    images