शुक्रबार, भाद्र २६ गते २०८३
images

इंग्ल्यान्डका कप्तान जो रुट टेस्ट वरीयताको शीर्षस्थानमा

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 244
    SHARES
  • इंग्ल्यान्डका कप्तान जो रुट टेस्ट वरीयताको शीर्षस्थानमा

    एजेन्सी । इंग्ल्यान्डका कप्तान जो रुट टेस्ट वरीयता शीर्षस्थानमा उक्लिएका छन् । रुटले न्युजिल्यान्डका कप्तान केन विलियम्सनलाई पछि पार्दै ६ वर्षपछि टेस्टमा शीर्ष स्थानमा फर्किएका हुन् । पछिल्लो एक वर्ष उत्कृष्ट प्रदर्शन गर्दै आएका रुट ९ सय १६ रेटिङ अंकका साथ शीर्षस्थानमा छन् । 

    images

    विलियम्सन ९ सय १ रेटिङ अंकका साथ दोस्रो स्थानमा छन् । अष्ट्रेलिया ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो र मार्नस लाबुसेन चौथो स्थानमा छन् । रोहित शर्मा पाँचौ स्थानमा उक्लिएका छन् । भारतीय कप्तान विराट कोहली भने एक स्थान खस्किदै छैटौं स्थानमा पुगेका छन् ।

    पाकिस्तानका कप्तान बाबर आजम सातौं स्थानमा रहँदा अष्ट्रेलिया ओपनर डेविड वार्नर आठौं, दक्षिण अफ्रिका क्विन्टन डि कक नवौं र न्युजिल्यन्डका हेनरी निकोलस १० औं स्थानमा छन् । टेस्टको बलिङतर्फ अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्स शीर्षस्थानमा यथावत छन् ।

    images