शुक्रबार, भाद्र २६ गते २०८३
images

बंगलादेशसामु निरही न्यूजिल्याण्ड, ६० रनमा अल आउट

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 490
    SHARES
  • बंगलादेशसामु निरही न्यूजिल्याण्ड, ६० रनमा अल आउट

    भदौ १६ एजेन्सी । बंगलादेशविरुद्धको ५ टी२० सिरिजको पहिलो खेलमै न्यूजिल्याण्ड अलआउट भएको छ । टी२० बरियतामा तेस्रो स्थानको न्यूजिल्याण्ड दशौं बरियताको बंगलादेशको सामु ६० रनको झिनो स्कोरमै समेटिएको हो । यो न्यूजिल्याण्डको टी२० इतिहासकै सबैभन्दा कम स्कोर हो ।

    images

    यसअघि २०१४ मा टी२० विश्वकपमा पनि न्यूजिल्याण्ड श्रीलंकाविरुद्ध ६० रनमै अलआउट भएको थियो । त्यतिबेला विश्वकपको खेल पनि बंगलादेशमै भएको थियो र त्यो खेल बंगलादेशको चित्तागोंगमा भएको थियो । त्यो विश्वकपको उपाधि श्रीलंकाले नै जितेको थियो । आजको खेल भने ढाकामा भइरहेको छ ।

    उक्त खेलमा न्यूजिल्याण्डका २ जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर गर्न सके । दोहोरो अंकमा रन बनाएका कप्तान टम लथाम र हेनरी निकोल्स दुवैले समान १८ रन बनाए । २ ब्याट्सम्यान शून्यमा र अन्य सिंगल डिजिटमै आउट भए । बंगलादेशका लागि मुस्तफिजुर रहमानले ३, नसुम अहमद, शाकिब अल हसन र मोहम्मद सैफुदीनले समान २–२ विकेट र मेहदी हसनले १ विकेट लिए ।

    images