शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट : घरेलु मैदानमा फ्रान्स बोस्नियासँग बराबरीमा रोकियो 

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 368
    SHARES
  • विश्वकप छनौट : घरेलु मैदानमा फ्रान्स बोस्नियासँग बराबरीमा रोकियो 

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तर्गत युरोपेली छनौट तर्फको खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ ।

    images

    बुधवार राति भएको आफ्नो चौथो खेलमा घरेलु टोली फ्रान्स पाहुना टोली बोस्निया एन्ड हर्जगोभिनासँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलमा सुरुवाती अग्रता भने पाहुना टोली बोस्रियाले बनाएको थियो । उसका लागि एडिन डिजेकोले गोल गरी १-० गोलको अग्रता दिलाएका थिए । तर उक्त अग्रता पाहुना टोलीले धेरै समय टिकाउन सकेन , यता घरेलु टोलीका एन्टोनी ग्रिजम्यानले गोल गरी खेल पहिलो हाफभरि १-१ गोलको बराबरीमा सकियो । 

    त्यस्तै दोस्रो हाफमा घरेलु टोलीले केहि राम्रो अवसर प्राप्त गरे पनि थप गोल नहुदा खेल १-१ गोलको बराबरीमा सकियो । उक्त बराबरीसँगै समूह डी मा रहेको फ्रान्स ४ खेलबाट ८ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । यता दोस्रो स्थानमा यूक्रेन समान ४ खेलबाट ४ अंक , तेस्रोमा फिनल्याण्डको २ तथा चौथो स्थानाको बोस्नियाको समान २ र पुछारको काजकिस्तानको पनि समान २ अंक रहेको छ ।  

    images