भदौ १७ काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल झरेर १३औं स्थानमा रहेको छ । नेपाललाई पछि पार्दै आयरल्यान्ड १२ औं स्थानमा उक्लिएको छ ।
यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो । यस्तै नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा यथावत रहेको छ ।
अहिले सम्म नेपालको टी२० उत्कृष्ट वरीयता ११ औं स्थान हो । त्यस्तै टी२० नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान रहेका छन् । चौंथो न्युजिल्याण्ड र पाँचौंमा दक्षिण अफ्रीका रहेको छ ।


