शुक्रबार, भाद्र २६ गते २०८३
images

‘भोट फर प्रचण्ड’ भन्दै माओवादीले ल्यायो नयाँ र्‍याप गीत (भिडियोसहित)

एक्सप्रेस पाना
कार्तिक १६, २०७९ बुधबार
  • 342
    SHARES
  • ‘भोट फर प्रचण्ड’ भन्दै माओवादीले ल्यायो नयाँ र्‍याप गीत (भिडियोसहित)

    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले ‘भोट फर प्रचण्ड’ भन्दै र्याप गीत सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै माओवादीले पहिलो पटक र्याप गीत ल्याएको हो । 

    images

    माओवादी एजेण्डालाई र्याप गीतमा प्रस्तुत गरेर युवालाई आकर्षण गर्न ल्याएको हो । नयाँ शैलीको गीत सार्वजनिक भएपछि माओवादी नेता कार्यकर्ताले सामाजिक सञ्जालमा राखेर सेयर गरेका छन् । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरू गीतमा प्रस्तुत गरिएको छ ।