भदौ १७ काठमाडौं । आसन्न साफ च्याम्पियनसिपको तयारी स्वरूप आज बिहीबार नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुँदैछ । आज साँझ साढे ५:३० बजे दशरथ रंगशालामा हुने पहिलो खेलका लागि दुबै टिम जित्नै पर्ने दबावमा छन् । अर्को खेल २० भदौमा हुनेछ । करिब ६ बर्ष पछि दशरथ रंगशालामा हुन लागेको दुई चिरपरिचि टोलीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
नेपालका लागि आजको खेलमा सेन्टर डिफेन्स रोहित चन्द उपलब्ध हुने छैनन् । उनी हाल इन्डोनेसियामा छन् । कोरोना संक्रमणका कारण क्वारेन्टिन नियम र पछिल्लो खेलमा पाएको रातो कार्डको प्रतिबन्ध पूरा गर्नुपर्ने हुनाले रोहित यस खेलमा उपलब्ध नहुने भएका हुन् । उनी सिधै साफ च्याम्पियनसिपमा टोलीसँग जोडिनेछन् । जसको अभाव युवा खेलाडीले पूर्ति गर्न अनुमान गर्न सकिन्छ । यस्तै आजको खेल राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो घरेलु रंगशालाको खेल पनि हो ।
त्यस्तै यता गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट ७३ औं खेल खेल्दै सर्वाधिक क्याप बराबरी गर्ने दाउमा रहेका छन् । यता नवयुग श्रेष्ठ , आशिष र अन्जन विष्टले मुख्य फरवार्डको भूमिका निर्वाह गर्ने देखिन्छ । सुमन लामा र सुनिल बल पनि विंगमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालको सम्भावित ११
गोलरक्षक - कप्तान किरण चेम्जोङ
डिफेन्स - गौतम श्रेष्ठ ,अनन्त तामाङ , पुजन उपरकोटी , सुमन अर्याल ,तेज तामाङ
मिडफिल्ड - सन्तोष तामाङ सुमन लामा
फवार्ड - अन्जन विष्ट ,नवयुग श्रेष्ठ ,मनिष डाँगी


