शनिबार, श्रावण ३० गते २०८३
images
images

आजको राशिफल: २०७९ कार्तिक २६ गते शनिवार

एक्सप्रेस पाना
कार्तिक २६, २०७९ शनिबार
  • 279
    SHARES
  • आजको राशिफल: २०७९ कार्तिक २६ गते शनिवार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ । कुनै कोर्स अधुरो छ वा कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ ।

    images

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमा कार्य सम्पादनमा सघाउ पुग्नेछ, आन्तरिक प्रतिभा र क्षमताको प्रदर्शन गरेर धन, मान र प्रतिष्ठा कमाउन सकिने छ । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर कलह हुने भएकाले भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु नै राम्रो हुन्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) भ्रम र महत्त्वाकाङ्क्षामा अलमलिनाले चाहिंदारनचाहिंदा काम गर्ने मनसाय बन्नसक्छ । उता विपरीत लिङ्गीसँगको सम्बन्धमा समेत चिसोपन आउनसक्छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । 

    images

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पठनपाठनप्रति ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । घरपरिवार वा आफन्तका निमित्त खर्च गर्ने परिबन्द छ, त्यस्तै कुनै नयाँ वस्तु किन्ने योजना छ भने त्यो कति बलियो छ र कति टिक्छ ? भन्ने कुरामा हेक्का राख्नु होला । अनिच्छित जिम्मेबारी वहन गर्नुपर्ने दिन हो । त्यस्तै कठोर र क्रूर निणर्य लिनुपर्ने परिस्थिति आइलाग्नेछ, तथापि व्यक्तिगत साख कायम राख्न सफल भइने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउनु होला । महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ र हाँकेरताकेका हरेक प्रतिस्पद्र्धा र सङ्घर्षमा विजयी बन्ने दिन हो । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यर्थका कुराकानीमा समय व्यतीत गर्न मन पर्नेछ । मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो प्रभाव बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गरेको जाती हुन्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देशरपरदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । लवमेटसँग कुनै समारोहका बीचमा भेटघाट हुनाले प्रसन्नता बढ्नेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बन्नसक्छ । 

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । कामको चाप र दायित्व बढ्दै जाँदा शरीरमा कमजोरी देखिन सक्छ, व्यवहारिक जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यको पनि ख्याल राख्ने समय हो । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रूचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रूचिलाई ध्यान दिनु ठीक हुन्छ । मन रमणीयता र भावुकतातर्फ आकर्षित बन्ने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर देखिन्छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । खासगरी रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) कामको बोझ र चाप बढ्नेछ । हरेक क्रियाकलापमा हतार नगर्नु होला, जुनसुकै कागजपत्रको समस्या र कानुनी पक्षबारे राम्ररी चिन्तन गर्नु ठीक हुन्छ । आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्न सक्छ । मौसमी रोगको सामान्य जोखिम छ, सचेत हुँदै कार्यक्षेत्रमा खट्ने समय हो, व्यक्तिगत प्रतिष्ठा र सम्मान पाउन सकिने छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बुद्धि र विवेकको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पद्र्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । सन्तान वा भाइबहिनीका लागि थप लगानी बढाउने परिस्थिति छ, उता बुद्धि र विवेकको सही परिचालन हुन सक्दैन र कार्यक्षेत्रमा खप्की खानुपर्ने हुन्छ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको विषय बन्नेछ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि राम्रो छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । 

  • सम्बन्धित विषय:

  • # राशिफल