शुक्रबार, भाद्र २६ गते २०८३
images

'प्रेम गीत ३' बाट प्रदीपले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

एक्सप्रेस पाना
कार्तिक २८, २०७९ सोमबार
  • 264
    SHARES
  • 'प्रेम गीत ३' बाट प्रदीपले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

    अभिनेता प्रदीप खड्काले भारतको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा डेब्यु अभिनेताको अवार्ड हात पारेका छन् । उनले हिजो साँझ आगरामा सम्पन्न भएको फेस्टिभलमा ‘प्रेमगीत ३’ को हिन्दी भर्सनबाट डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

    images

    खड्काले आफूले डेब्यु अभिनेताको अवार्ड जितेको फेसबुकमार्फत जानकारी दिएका हुन् । साथै उनले अवार्ड जितेको फोटो सेयर गर्दै आयोजकलाई धन्यावाद समेत दिएका छन् ।

    अवार्ड कार्यक्रमकै लागि प्रदीपसँगै निर्देशक र निर्माता सन्तोष सेन आगरा पुगेका थिए । स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ ।

    images