शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट  : ब्राजिलको लगातार सातौं जित

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 497
    SHARES
  • विश्वकप छनौट  : ब्राजिलको लगातार सातौं जित

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौटअन्तर्गत दक्षिण अमेरिकी छनौट खेलमा ब्राजिलले लगातार सातौं जित निकालेको छ ।

    images

    शुक्रबार बिहान सम्पन्न भएको खेलमा ब्राजिलले चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै शतप्रतिशत जित निकालेको हो । पाहुना टोली ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे । उनले एकल प्रयासमा खेलको ६४ औं मिनेटमा गोल गरे । 

    मिडफिल्डर कासेमिरोको कप्तानीमा मैदान उत्रिएको ब्राजिलले जितसँगै ७ खेलबाट सात जितसहित २१ अंक जोडेको छ । ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै अर्को खेलमा भेनेजुयलालाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना दोस्रो स्थानमा छ । उसको  समान ७ खेलबाट १५ अंक रहेको छ । त्यस्तै १२ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा रहँदा समान ९ अंक बनाएका उरुग्वे र कोलम्बिया क्रमशः चौथो र पाँचौं स्थानमा छन् । यस्तै, पाराग्वे, चिली, बोलिभिया, पेरु र भेनेजुयला क्रमशः छैठौं स्थानबाट १० औं स्थानमा छन् । 

    images