एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनौट अन्तर्गत दक्षिण अमेरिकी छनौटमा अर्जेन्टिनाले सहज जित निकालको छ । शुक्रबार बिहान सम्पन्र भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले १० खेलाडीमा सिमित भेनेजुयलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिनाले घरेलु टोली भेनेजुयलाविरुद्ध पहिलो हाफमा १० गोल अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप २ गोल गर्न सफल भएको थियो । अर्जेन्टिनाको लागि पहिलो हाफको अत्तिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै लौटारो मार्टिनेजले सुरुवाती अग्रता दिलाए । उनले जिओभानी लि सेल्सोको पास सदुपयोग गरे ।
त्यस्तै दोस्रो हाफको खेलको ७१औं मिनेटमा जोआक्किन कोरियाले गोल गरी पाहुना टोली अर्जेन्टिनाको अग्रता दोबर बनाए । उनी खेलको ६२औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले लौटारो मार्टिनेजको पास सदुपयोग गरे ।
त्यस्तै उनले पुन ७४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरी ३-० ले अर्जेन्टिनालाई अघि बढाए । त्यसपछि खेलको ९० मिनेटपछि थपिएको चौथो मिनेटमा घरेलु टोलीका लागि पेनाल्टी गोलगर्दै यफर्सन सोटेल्दोले अंक दूरी ३-१ मा झारेपनि टोलीको हार भने टार्न सकेनन् । यसअघि भेनेजुयलाका एड्रियन मार्टिनेजले खेलको ३२ मिनेटमा सीधैँ रातो कार्ड ब्यहोर्दै मैदान बाहिरिएका थिए ।
उक्त जितसँगै अर्जेन्टिनाले ७ खेलबाट १५ अंक बनाएको छ । अर्जेन्टिना ब्राजिलपछि दोस्रो स्थानमा छ ।


