एजेन्सी । पोर्चुगलका कप्तान तथा सुपरस्टार फवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् । गत ३१ अगष्टमा मात्रै पूर्व क्लब म्यान्चेस्टर युनाइटेडमा २ बर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका रोनाल्डोलाई ७ नम्बरको जर्सी दिन सहमत भएको हो । रोनाल्डो आकस्मिक रुपमा करिब १२ बर्ष पछि युनाइटेड फर्किएका हुन् ।

यस्तै युनाइटेड पुगे पछि रोनाल्डोले त्यहाँ कति नम्बरको जर्सी लगाउछन् भने धेरैको चासोको बिषय बनेको थियो । युनाइटेडमा हाल यो जर्सी एन्डीसन काभानीले लागाएका छन् । अब रोनाल्डोले ७ नम्बरको जर्सी काभानीबाट लिन लागेका हुन् । काभानी आफैंले पनि रोनाल्डोलाई ७ नम्बर दिन राजी भए छन् । काभानीले भने उरुग्वेको राष्ट्रिय टोलीबाट लगाउँदै आएको २१ नम्बर जर्सी लगाउनेछन् ।

यता युनाइटेडले एक विज्ञप्ति जारी गार्दै भनेको छ रोनाल्डोले लामो समयदेखि ७ नम्बरको जर्सी लगाउँदै आएका छन् । ‘हामी सबैलाई थाहा छ, जर्सी नम्बर ७ युनाइटेडको इतिहासमा एक विशेष नम्बर हो । यो जर्सी पहिले जर्ज बेस्ट, ब्रायन रोब्सन, एरिक क्यान्टोना र डेभिड बेकह्यामजस्ता क्लबका आइकनहरुले लगाएका थिए । अब यो बेकह्यामपछिका अर्का आइकन रोनाल्डोले फेरी लगाउनेछन् ।

अन्तर्राष्ट्रिय ब्रेकपछि म्यान्चेस्टर युनाइटेडले ११ सेप्टेम्वरमा न्युक्यासलसँग उसकै मैदानमा खेल्दैछ । उक्त खेलबाट रोनाल्डोले म्यान्चेस्टर युनाइटेडमा दोस्रोपटक डेब्यु गर्ने सम्भावना छ । त्यस्तै बुधबार राति फिफा विश्वकप छनौटमा उत्तरी आयरल्यान्डविरुद्ध २ गोल गर्दै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका रोनाल्डोले इरानी फुटबलर अदि देईलाई पछि पार्दै आफ्नो कुल गोल संख्या १११ पुर्याएका छन् ।
पोर्चुगल १-० गोलले पछि परेको अबस्थामा रोनाल्डोले पहिलो गोल गरी खेल बराबरीमा फर्काएका थिए र त्यस्तै दोस्रो गोल गरेपछि गोलको खुशीयाली मनाउँदा जर्सी फुकालेपछि उनले पहेँलो कार्ड पाएका थिए । उक्त कार्डपछि उनले एक खेल गुमाउने भएका छन्। रोनाल्डो अब कम्तीमा पनि ५ दिन आइसोलेसनमा बस्नेछन् ।

पाँच पटकको बालोन डी’ ओर विजेता रोनाल्डोले सन् २००९ मा इंग्लिस प्रिमियर लिग फुटबल क्लब युनाइटेड छाडेर स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिड पुगेका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्स पुगेका थिए ।



