शुक्रबार, भाद्र २६ गते २०८३
images

युवापुस्तामा लोकप्रिय बन्दै हाँस्य टेलिश्रृखंला ‘अति भो’

एक्सप्रेस पाना
मंसिर १२, २०७९ सोमबार
  • 510
    SHARES
  • युवापुस्तामा लोकप्रिय बन्दै हाँस्य टेलिश्रृखंला ‘अति भो’

    हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवाहरुमाझ अतिनै लोकपृय बन्दै गइरहेको छ। हाँस्यव्यङ्यको माध्यमबाट समाजमा रहेका कुरीतिहरुलाई हटाउने र मनोरन्जन दिने उद्देश्यका साथ शुरु भएको यो टेलिसिरियलले आफ्नो प्रशारणको १२६ औं भाग पूरा गरेको निर्देशक सुरज खनालले बताए ।

    images

    टेलिसिरियल अतिभो ले कमेडी सँगसँगै समाज सुधारका कथामा आधारित रहेर निर्माण गरिएको उनले बताए । यो सिरियल हरेक आइतबार राती ८ः५० बजे नेपाल टेलिभिजन अनि ९ः३० मा मिडिया हब अफिसियल युटुब च्यानलबाट प्रशारण हुँदै आएको छ।

    सुरज खनालले निर्देशन गर्दै आएको टेलिसिरियलमा कलाकार रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा,सोभाखर खनाल, रिता सिवाकोटी,युबराज तिमल्सिना, सुबु शाही,सुमन खनाल, धनराम मुस्कान ,अजय रेग्मी,रेसम बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन् भने यसै १२६ औ भाग देखी कथाले मागेपछी नयाँ कलाकारको रुपमा  दामोदर भट्ट र सुदर्शन आचर्य लाई पनि समाबेस गरिएको छ।

    images

    त्यसै गरि यो टेलिसिरियल को लेखन मा स्वयम सुरज खनाल र ओकेस पनेरु, छायङ्कन दिलिप बिष्ट र सम्पादनमा रबिन भट्ट , असोक चौधरी र सरिता गौतमले गर्दै आएकाछन।