शुक्रबार, भाद्र २६ गते २०८३
images

पारिजिता ‘अमेरिकी द भ्वाइस’ को सेमिफाइनलमा

एक्सप्रेस पाना
मंसिर १४, २०७९ बुधबार
  • 242
    SHARES
  • पारिजिता ‘अमेरिकी द भ्वाइस’ को सेमिफाइनलमा

    काठमाडौं । पारिजिता बाँस्तोला ‘अमेरिकी द भ्वाइस’ को सेमिफाइनलमा प्रवेश गरेकी छिन् । 

    images

    पारिजिताले गायिका एलेसिया काराको ‘स्कार्स टु योर’ ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । एलेसियाको गीत पारिजिताले गाएपछि उनले पारिजितालाई बधाई दिएकी छिन् । उनले पारिजिताको प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।

    यस अघिका चरणमा उत्कृष्ट प्रस्तुति दिँदै आएकी पारिजितालाई विश्वभर छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएको कारण सेमिफाइनल प्रवेश गरेकी हुन् ।

    images

    पारिजितालाई थुप्रै नेपाली कलाकारहरुले समर्थन गरि सकेका छन् । उनलाई जिताउन नेपालका चर्चित कलाकारहरूको साथ र सहयोग पनि रहेको छ ।