बुधबार, कार्तिक १९ गते २०८३
images
images

नवलपरासीमा जिप दुर्घटना : ४ जनाको मृत्यु

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 251
    SHARES
  • नवलपरासीमा जिप दुर्घटना : ४ जनाको मृत्यु

    काठमाडौं । नवलपरासीमा जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ ज-०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको थियो ।

    images

    दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका-६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार-५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका-२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

    दुर्घटनामा परी घाइते भएका ८ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् ।

    images

    जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।