शुक्रबार, भाद्र २६ गते २०८३
images

आज शुक्रबारबाट फिल्म ‘पासो’ प्रदर्शनमा

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 233
    SHARES
  • आज शुक्रबारबाट फिल्म ‘पासो’ प्रदर्शनमा

    काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘पासो’ प्रदर्शनमा आएको छ ।

    images

    मंसिर विवाहको महिना भएको कारण अन्य फिल्म प्रदर्शनमा नआउँदा ‘पासो’ ले एकल प्रदर्शन अवसर पाएको हो । देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्मले दर्शक पाउने अपेक्षा निर्माण पक्षको रहेको छ ।

    फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्म आर.बी. पुनले निर्देशन गरेका हुन् । फिल्ममा कथा, पटकथा, संवाद समेतको निर्देशन आर.बी.कै रहेको छ भने कार्यकारी निर्माता कुमार राउत रहेका छन् ।

    images

    वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह-निर्माता रहेको सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन र सुरेश बस्यालको कोरियोग्राफी छ । फिल्म बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो । 

    फिल्म अपहरणपछि दुई युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा आधारित छ ।