शुक्रबार, भाद्र २६ गते २०८३
images

बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा पन्ध्र प्रतिशत छुट

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 275
    SHARES
  • बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा पन्ध्र प्रतिशत छुट

    काठमाडौँ । विद्युतीय कारोबारलाइ प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ ।

    images

    यस छुट आफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

    यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY