गत कार्तिक ७ गते मेलम्ची ११ बजारमा भएको भिषण आगलागी पिडितहरुका नाममा संकलित रकम प्रदान गरिएको छ । मेलम्ची बजारका व्यवसायी तथा संस्थाहरु बाट संकलन गरिएको ४ लाख ३२ हजार ९५ रुपैंया रकम आज वितरण गरिएको हो ।गत काक्तिक ७ गते आगलागि बाट एकघरमा रहेको ४ पसल, होटल,बेकरी तथा घरमा गरि करोडौँको क्षति पुगेपछि सोहि दिन विभिन्न समाजसेवी, राजनितिक दल र बजारका अगुवाहरुको नेतृत्वमा राहत संकलन अभियान सञ्चालन गरेर रकम जम्मा गरिएको थियो ।

सो रकम आज घर धनि दिपक दुलाललाई १ लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई २ लाख १२ हजार , विजि बेकरीका प्रविण देउजालाइ ७० हजार र होटल व्यवशायी रिना गौतमलाई ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यहरुबाट संकलित सत्तरी हजार रुपैँया र मेलम्ची नगर उद्योग बाणिज्य संघले पनि ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो ।


.jpg)


