महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आज सुनकोसी गाँउपालिकामा बिशेष कार्यक्रम आयोजना गरिएको छ ।
’महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित सोमबार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइँदै छ।
जिल्लाको सुनकोसी गाँउपालिकामा आयोजित कार्यक्रममा ७ वटै वडाका स्वयंसेविका, गाँउपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना,वडा अध्यक्षहरु, उपाध्यक्ष कान्छिमाया लामा, स्वास्थ्य शाखा प्रमुख गोबिन्द हायु, अन्य स्वास्थ्यकर्मी, महिला आत्मनिर्भरता केन्द्रको सिन्धु स्वास्थ्य परियोजना (क्लस्टर १)का फिल्ड सुपरभाइजर सुरेश श्रेष्ठ, सामाजिक परिचालक लगायत उपस्थित थिए । कार्यक्रममा गाँउपालिका अध्यक्ष तिमल्सिनाले स्वास्थ्य सामग्री,स्ट्रेचर लगायत सबै ठाँउमा सहज पुर्याउन प्रयत्नभै रहेको बताउनुभयो ।
उहाँले घरमै सुत्केरीहुने दरलाई न्यूनिकरणका लागिपनि पालिकाले काम गरिरहेको बताउनुभयो । उपाध्यक्ष लामाले स्वास्थ्य विमा निशुल्क गराउन पहल गर्ने बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख गोबिन्द हायुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सुविधा थपगर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्वयंसेविकाहरुलाई झोला, छाता, टर्चलाइट बितरण ष्रिएको थियो । स्वयंसेविकाहरुले स्वास्थ्य विमा निशुल्क, सम्मानजनक बिदाइ,गाँउघर क्लिनिक भवन लगायतका माग गरेका थिए । यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ।
सरकारी तथ्यांक अनुसार हरेक वडामा कम्तीमा एकजना महिला स्वास्थ्य स्वयंसेविका गरी जम्मा ५२ हजार महिला स्वयमसेविका कार्यरत छन्।
स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन्।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पु¥याउदै आएका छन्। विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन्।
.jpg)


