बुधबार, कार्तिक १९ गते २०८३
images
images

नारायणगढ-मुग्लिन सडकखण्डको पुलबाट ट्रक खस्दा एकको मृत्यु

एक्सप्रेस पाना
मंसिर २०, २०७९ मंगलबार
  • 210
    SHARES
  • नारायणगढ-मुग्लिन सडकखण्डको पुलबाट ट्रक खस्दा एकको मृत्यु

    भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ ।

    images

    मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

    दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए । 

    images