बुधबार, कार्तिक १९ गते २०८३
images
images

तारा एयरको जहाजमा चरा ठोक्कियो

एक्सप्रेस पाना
मंसिर २१, २०७९ बुधबार
  • 198
    SHARES
  • तारा एयरको जहाजमा चरा ठोक्कियो

    नेपालगन्जबाट हुम्लाका लागि उडेको तारा एयरको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । 

    images

    दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । 

    यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ । जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए ।

    images