बुधबार, कार्तिक १९ गते २०८३
images
images

बुद्ध एयरले एटिआर ७२ विमानमार्फत उडान गर्ने

एक्सप्रेस पाना
मंसिर २१, २०७९ बुधबार
  • 325
    SHARES
  • बुद्ध एयरले एटिआर ७२ विमानमार्फत उडान गर्ने

    काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर देखि काठमाडौं-सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्ने भएको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ ।

    images

    यात्रुको माग र सुविधालाई ध्यानमा दिएर एटिआर  ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरू अधिक लाभान्वित हुने बुध्द एयरको भनाइ छ । 

    हाल सञ्चालनमा रहेको एटिआर ४२ उडान बाट यात्रुहरूको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको छ ।

    images

    सानो जहाजको सञ्चालन खर्च उच्च हुने हुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर ७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुले पाउनेछन् ।