बुधबार, कार्तिक १९ गते २०८३
images
images

पारस र रानी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

एक्सप्रेस पाना
मंसिर २२, २०७९ बिहीबार
  • 168
    SHARES
  • पारस र रानी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

    काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वल्र्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

    images

    यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

    हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्त ब्राण्ड एम्बेसडरद्वय मार्फत सम्पूर्ण नेपालीहरुका साथै विशेषत नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    images

    सो अवसरमा प्रबन्ध निर्देशक पौडेलले यो सहकार्यको शुरुवात मात्र भएकाले भविष्यमा थप व्यावसायिक सहकार्य गर्न सकिने बताउनु भयो ।

    समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग पुनः आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताउनु भयो ।

    यसैगरी अर्का नवनियुक्त ब्राण्ड एम्बेसडर प्रियंका रानी जोशीले आफूले पनि शुरुदेखि नै नेपाल टेलिकमको सेवा उपयोग गरिरहेको र नयाँ पुस्तालाई कम्पनीकै सेवा प्रयोग गर्न अभिप्रेरित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    ब्राण्ड एम्बेसडरद्वयमध्ये पारस खड्कासँग २०७९ पुस १ गतेदेखि एक वर्षको लागि र प्रियंका रानी जोशीसँग अर्को मिस नेपाल छनौट हुने अवधिसम्मका लागि सम्झौता सम्पन्न भएको हो ।