बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेपा ट्रस्टद्वारा न्यानो कपडा बितरण

एक्सप्रेस पाना
मंसिर २४, २०७९ शनिबार
  • 275
    SHARES
  • नेपा ट्रस्टद्वारा न्यानो कपडा बितरण

    गोरखा जिल्ला पालुङ्टार नगरपालिका स्थित विभिन्न स्थानमा नेपा ट्रस्ट नामक गैरनाफामुलक सामाजिक सस्थाले न्यानो कपडा, ब्ल्याङ्केटहरु बितरण गरेको छ । सस्थाले नगरपालिका स्थित वडा न. ९ को श्री धर्मोदय मा.बि.का निम्न आर्थिक अवस्थाका असहाय विद्यार्थीहरुको लागी करिब ३० थान स्विटर तथा पालुङ्टार न.पा. वडा न. १,९ र १० तथा गोरखा न.पा. ११ का केही गरिव समुदायका स्थानीयहरुलाइ जाडोमा ओड्ने ब्ल्याङ्केट बितरण गरेको हो ।

    images

    No description available.

    सस्थाले दिन-दु:खी, गरिव असहाय तथा पिछडिएका समुदायका मानिसहरुको उत्थान एबम् त्यस्ता बर्गका मानिसहरुको जिवनयापनमा केही हदसम्म मात्रै भएपनी सहयोग पुर्याउने उद्देश्यले न्यानो कपडा बितरण गरेको बताउदै सस्थाका अध्यक्ष समाजसेवी युवा पिटर कुमार श्रेष्ठले आगामी दिनहरुमा पनि निरन्तर कमजोर बर्गको नागरिकको लागि आफुहरु र आफ्नो सस्था निरन्तर सारथि बनिरहने प्रतिबद्धता जनाउनुभयो ।  

    images

    No description available.

    यसअघि आफ्नो र परिवारको सदस्यको जन्मदिनहरुमा तथा पारिवारिक सामाजिक कार्ज्यहरुमा समेत फजुल खर्च नगरी गरिव असहाय ब्यक्ति/बालबालिका तथा परिवारहरुलाइ विभिन्न तवरले सहयोग गर्दै आउनुभएका अध्यक्ष श्रेष्ठले कोरोनाकालको लकडाउन, प्राकृतिक प्रकोप लगायतको बेलादेखि समेत सामाजिक कार्यहरुमा अग्रसरता देखाउनुभएको छ। सस्थाका उपाध्यक्ष श्री समिम अनवरले गोरखा जस्तो सुन्दर जिल्लामा यस्तो प्रकारको सामाजिक कार्य गर्न पाउँदा खुशिको अनुभूति भएको जनाउदै आगामी दिनहरुमा पनि सक्दो सहयोग जारी राख्ने बताउनुभएको थियो।

    No description available.

    अध्यक्ष श्रेष्ठ स्वयंको आफ्नै जन्मदिनको अवसर तथा हाल सस्थामा आवद्द साथीहरूको जन्मदिनको अवसरमा आयोजित यस न्यानो कपडा बितरण कार्यक्रममा सस्थाका अध्यक्ष पिटर कुमार श्रेष्ठ तथा उपाध्यक्ष समिम अनवरको उपस्थिति रहेको थियो । जोकोही सामाजिक कार्यमा मन लगाउने असल मनका साथीहरूले आफ्नो जन्मदिन लगायत अवसरहरु तथा अन्य कुनैपनी समय "नेपा ट्रस्ट" मार्फत बिबिध सामाजिक सेवाका कार्यहरुमा जोडिन सक्ने कुरा सस्थाले जनाएको छ ।

    No description available.